शुक्रबार, १५ अगस्ट २०२५

साग पुरुष फुटबल : नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान,खेल राउन्ड रोविनमा

News Image
फाइल तस्बिर: बिएल
• • •

भारतले भाग नलिएपछि १३ औं दक्षिण एसियाली अन्तर्गत पुरुष फुटबल अब राउन्ड रोविनका आधारमा हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार भारतले अन्तिम समयमा पुरुष फुटबलबाट नाम फिर्ता लिएपछि पुनस् खेल तालिका निकालिएको हो। राउन्ड रोविन लिग पछि शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पहिलो खेल भुटानसँग डिसेम्बर ३ मा खेल्नेछ। यस्तै नेपालले डिसेम्बर ४ मा श्रीलंका, डिसेम्बर ६ मा माल्दिभ्स र डिसेम्बर ८ मा बंगलादेशसँग खेल्नेछ। फाइनल सागको समापन दिन मंसिर २४ गते हुनेछ।

सन् २०१६ मा भारतमा भएको १२ औं साग फुटबलमा आयोजक टोलीलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो। सागमा यू २३ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा ३ खेलाडी बढी उमेरका खेलाउन पाउने प्रावधान छ। त्यसले नेपालले सुजल श्रेष्ठ, विक्रम लामा र विकेश कुथुलाई सिनियर खेलाडीका रुपमा टोलीमा समेटेको छ। सुजलले टोलीको कप्तानी गर्नेछन्।

महिला फुटबल भने पोखरामा हुनेछ। महिला फुटबलमा पनि ५ टोलीबीच राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा हुनेछ।

बिहिबार, मंसिर १२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)