बिहिबार, १४ अगस्ट २०२५

साग महिला भलिबलमा नेपालको ऐतिहासिक सफलता, फाइनल भिडन्त भारतसँग

News Image
बिएल
• • •

नेपाल १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा फाइनलमा प्रवेश गरेकाे छ। 

शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हल त्रिपुरेश्वरमा भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध ३–० को सोझो सेटमा पराजीत गर्दै फाइनलमा प्रवेश गरेकाे हाे।

नेपालले श्रीलंकाविरुद्ध २५–१४, २५–१८ र २५–२१ को जित निकाल्याे। यससँगै नेपाली महिलाले ऐतिहासिक सफलता प्राप्त गरेको छ। यसअघि भएका सागमा नेपालले कास्य पदक मात्र हात पार्न सकेको थियो। यो जितसँगै नेपालले कम्तिमा रजत पदक पक्का गरेको छ।

यो जितसँगै फाइनलमा नेपालले स्वर्ण पदकका लागि भारतसँग भिड्ने भएको छ। भारत पहिलो सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ३–० को सेटमा विजयी हुँदै फाइनल प्रवेश गरेको थियो।

सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत स्वर्ण नजिक पुगेको हो।

भारतले माल्दिभ्समाथि २५-१४, २५-०६ र २५-१७ को जित निकाल्यो।

शनिबार, मंसिर १४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)