बिहिबार, १४ अगस्ट २०२५

१ मतले पराजित भएपछि धरान ७ को वडाध्यक्षमा पुनः मत गणना गर्न कांग्रेसकाे माग

News Image
फाइल तस्बिर: बिएल
• • •

धरान उपमहानगरपालिका ७ मा पुनःमतगणना गर्न नेपाली कांग्रेसले माग गरेको छ।

वडाध्यक्षका लागि भएको निर्वाचनमा नेकपा उम्मेदवार जनक सुवेदीसँग कांग्रेस उम्मेदवार सुवर्ण पालिखे १ मतले पछि परेपछि कांग्रेसले पुनः मतगणनाको माग गरेको हो ।

नेकपाका सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन्।

परिणामबाट असन्तुष्ट नेपाली कांग्रेसले पुनः मत गणना गर्न माग गर्दै निवेदन दिएको छ।

सोमबार, मंसिर १६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!