बागलुङमा जीप दुर्घटना, मृत्यु हुनेकाे संख्या १४ पुग्यो

बिएल

बागलुङको बडिगार्ड गाउँपालिकामा जीप खोलामा खस्दा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ। जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो।

मंगलबार बिहान बागलुङ–गुल्मी बुर्तिवाङ चल्ने ज १ ज ५२१९ नम्बरको जीप दुर्घटना भएको हो। जीप मध्य पहाडी लोकमार्गबाट पाँच सय मिटर तल खोलामा खसेको थियो।

दुर्घटनामा परी ३ जना घाइते र १ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-03 12:36:41

प्रतिकृया दिनुहोस्