बुधबार, १३ अगस्ट २०२५

जनकपुरमा हुने कुस्ती प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

News Image
फाइल तस्बिर: बिएल
• • •

१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जनकपुरधाममा हुने खेलको सम्पूर्ण तयारी पूरा भएको छ।

जनकपुरमा पहिलो पटक हुन लागेको साग अन्तर्गत कुस्ती प्रतियोगिताको सबै खेल मंसिर २० गते देखि २३ गते सम्म आयोजना हुँदैछ। खेल हुने भएपछि जिर्ण रहेको कभर्डहललाई रंगरोगन गरी चिटिक्क बनाइएको छ।

प्रतियोगितालाई लक्षित गरेर खेल, पूर्वाधार, खेलाडीको सुरक्षा, पाहुनाको स्वागत आतिथ्यता, प्रचार–प्रसार, आवास व्यवस्थापन लगायतका सम्पूर्ण कार्य पूरा भएको छ।

जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमल चौधरीले कुस्तिमा पुरुष र महिला गरी ५ देशका ७५ खेलाडीसहित अन्तराष्ट्रिय प्रशिक्षक, रेफ्रि, व्यवस्थापक गरी जम्मा १ सय २५ जना सहभागी हुने बताए ।

कुस्ती खेल प्रतियोगीतामा सहभागी हुनका लागि नेपालबाट १० पुरुष, ५ महिला खेलाडी, बंगलादेशबाट १० पुरुष र १० महिला खेलाडी जनकपुरमा आईपुगेका छन्। त्यस्तै भारतबाट महिला र पुरुष गरी करिब २० जना, श्रीलंकाबाट महिला ८ र पुरुष १० जना, पाकिस्तानबाट १० जना पुरुष खेलाडी आउने भएका छन्।

बुधबार, मंसिर १८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)