आइतबार, १७ अगस्ट २०२५

भुटानविरुद्ध कप्तान र पूर्वकप्तानको अर्धशतक

News Image
फाइल तस्बिर: बिएल
• • •

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अहिले भुटानसँग खेलिरहेको छ।

कीर्तिपुरथित टियु मैदानमा टस हारेको नेपालले ब्याटिङ गरिरहेको छ। र, भुटानविरुद्ध नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्काले अर्धशतक बनाएका छन्।

कप्तान मल्लले २६ बलमा ५२ रन जोड्दै अर्धशतक बनाएका हुन्।

यसअघि खड्काले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।

भुटानविरुद्धको खेल नेपालको लागि पहिलो घरेलु टी–ट्वान्टी अन्तराष्ट्रिय खेल हो।

यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल श्रीलंका यू–२३ संग पराजित भएको थियो। भुटान पनि आफ्नो पहिलो खेलमा श्रीलंका यू–२३ सँग पराजित भएको थियो।

बिहिबार, मंसिर १९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)