शुक्रबार, १५ अगस्ट २०२५

पौडीमा नेपालका शयद हम्जा शाहले बनाए राष्ट्रिय कीर्तिमान

News Image
फाइल तस्बिर: बिएल
• • •

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालका शयद हम्जा शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन्।

शनिबार सातदोबाटोस्थित पौडी पोखरीमा शाहले ५० मिटर ब्रेष्ट स्ट्रोकको हिट चरणमा शाहले ३१.५५ सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन्।

उनले सुभम श्रेष्ठको नाममा रहेको ३१.६० सेकेण्डको कीर्तिमान भंग गरे। सुभमले आठौं राष्ट्रिय खेलकुदमा कीर्तिमान बनाएका थिए ।

शनिबार, मंसिर २१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!