बिहिबार, १४ अगस्ट २०२५

कुटपिट गरी हत्या गरेको अभियोगमा एक युवा पक्राउ

News Image
फाइल तस्बिर: बिएल
• • •

सोलुखुम्बुमा आफ्नै छिमेकीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले शुक्रबार बिहान एक युवालाई पक्राउ गरेको छ।

दुधकोसी गाउँपालिका-३ बस्ने २६ वर्षीय डाकमान कार्की पक्राउ परेका हुन्।

कार्कीले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय पविधान राईको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो।

कार्कीलाई नियन्त्रणमा राखेर यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार, मंसिर २७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!