शुक्रबार, १५ अगस्ट २०२५

अरुण जेटली रहेनन्, तीन सातामा बिजेपीका दुई बरिष्ठ नेताको निधन

News Image
Agency
• • •

सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) ले तीन साताभित्र दुई आफ्ना बरिष्ठ नेतालाई गुमाएको छ।

१८ दिनअघि बिजेपी नेता तथा पूर्व परराष्ट्र मन्त्री सुष्मा स्वराजको निधन भएको थियो। शनिबार दिउँसो १२ बजेर २२ मिनेटमा पूर्व अर्थ मन्त्री अरुण जेटलीको पनि ६६ वर्षको उमेरमा निधन भएको छ।

जेटली केही महिनादेखि बिरामी थिए। उनलाई ९ अगस्टमा राजधानी दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो।

याे पनि

मृगौला प्रत्यारोपण गरेका धुव्र विक्रम जसले विश्व कीर्तिमानी खेलाडी जन्माए (भिडियो रिपोर्ट)

अझै २० वर्ष लोक गीतमा स्वर भरिरहने रहर छ- बिमलराज क्षेत्री

आईजी साहेव, रविलाई भेट्यौ, अस्मितालाई किन भेटेनौै ?

जेटली ६६ वर्षका थिए। उनले अस्वस्थ्यताकै कारण यस पालिको लोकसभा निर्वाचनमा टिकट लिनबाट अस्विकार गरेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्री हुन गरेको प्रस्तावलाई पनि उनले अस्विकार गरेका थिए।

मोदी सरकारको पहिलो कार्यकालमा उनी अर्थ मन्त्री थिए। उनकै पालामा ‘नोटबन्दी’ जस्तो ठूलो निर्णय सरकारले गरेको थियो।

जेटलीलाई भेट्न राष्ट्रपति रामनाथ कोबिददेखि प्रधानमन्त्री मोदीसम्म अस्पताल पुगेका थिए।

पेशाले वकिल जेटली सन् १९७४ मा दिल्ली विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्ष थिए।

 

शनिबार, भाद्र ०७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)