बिहिबार, २१ अगस्ट २०२५

राहत र उपचारसँगै पीडितका लागि अस्थायी आवास निर्माण सुरु : सञ्चारमन्त्री

News Image
कान्तिपुर
• • •

सरकारले बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा पीडितहरूको उद्धार र उपचारसँगै अस्थायी बसोबासका लागि आवास बनाउने काम थालेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा प्रभावित क्षेत्रमा प्रारम्भिक राहत वितरण कार्य सकेर सरकारले घरबारविहीन भएका पीडितका लागि अस्थायी आवास निर्माणको काम थालेको जानकारी दिए । ‘प्रारम्भिक राहत वितरण सकेर सरकारले पीडितका लागि आवश्यक अस्थायी प्रकृतिको बस्ने, खाने र औषधोपचार गर्नेलगायत व्यवस्था गरिरहेको छ ।’

बिहिबार, चैत्र २१, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)