बिहिबार, १४ अगस्ट २०२५

रातभर पेरिस रोइरह्यो, नोत्रे डेम जलिरह्यो

News Image
• • •

फ्रान्सको राजधानी पेरिसको सौन्दर्य र इतिहासको प्रतीकको रुपमा रहेको ८०० वर्ष पुरानो नोत्रे डेम क्याथेड्रल सोमबार राति जलेर लगभग खरानी भएको छ। यो मध्ययुगीन संरचना माटोमै त मिलेन, तर यसको अग्लो टावर ढडेर भुइँमा लड्यो। काठे छानोको दुइ तिहाइ भाग पनि जलेर खरानी भयो।

स्थानीय समय अनुसार साँझ ६ बजेर ५० मिनेट जाँदा (नेपाली समयअनुसार राति करिब ११ बजे) नोत्रे डेमको छानोमा आगो सल्किएको थियो। एक घण्टाभित्रै आगो फैलिएर टावरसम्म पुग्यो। करिब ५०० अग्नि नियन्त्रकहरू आगो निभाउन खटिए। तर, आगो झन् फैलियो।

नोत्रे डेम क्याथेड्रलमा आगलागी सुरु हुँदा फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोन हालै पेरिसमा भएको राजनीतिक आन्दोलनको विषयलाई लिएर राष्ट्रको नाउँमा सम्बोधन गर्ने तयारीमा थिए। उनी सम्बोधन स्थगित गरी आगलागी भइरहेको स्थानतर्फ दौडिए...

मंगलबार, बैशाख ०३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!