सोमबार, ११ अगस्ट २०२५

सुरुङ मार्ग घोटाला–५ १६ सयसँग पैसा उठाइयो, सेयर सदस्यता दिइएन

News Image
काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङको डिजाइन चित्र
• • •

काठमाडौं, वैशाख १९ : काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग निर्माण गर्ने भन्दै नेपाल पूर्वाधार विकास कम्पनीले मकवानपुर जिल्लाका स्थानीय वासिन्दालाई झुक्याएर करोडौं रुपैयाँ उठाएको छ।

कम्पनीले आठ वर्षअघि सेयरको नाउँमा मकवानपुरका १ हजार ७ सय ७७ जनासँग ३६ करोड रुपैयाँभन्दा बढी उठाएको थियो। तर, सेयर किन्ने सर्वसाधारणहरूलाई अहिलेसम्म पनि सेयर सदस्यको सूचीमा राखिएको छैन।

कम्पनीले १ सय ५९ जना सेयर सदस्यकाे नाम मात्रै कम्पनी रजिष्ट्रारको कार्यालयमा पठाएको छ। बाँकी १ हजार ६ सय ११ जनालाई सेयर सदस्य नै बनाइएको छैन। 

कम्पनीले अग्राधिकार सेयर भन्दै २०६९ सालमा मकवानपुर जिल्लाका स्थानीयसँग प्रति व्यक्ति १० हजारदेखि १० लाख रुपैयाँसम्म उठाएको थियो। तर, १ सय ५९ जनालाई मात्रै सेयरधनी बनाई बाँकीलाई कम्पनीले एउटा प्रमाणपत्रमात्रै उपलव्ध गरायाे।

तीन वर्षभित्र कम्पनीलाई नाफामा लगेर बोनस खुवाउने भन्दै रकम असुल गरिएको थियो। तर निर्माण सम्पन्न हुने समय घर्किदा समेत सुरुङ बन्नु त कता हो कता, त्यसका लागि आवश्यक लगानी समेत जुटिसकेको छैन।

शुक्रबार, बैशाख २०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)