आइतबार, १० अगस्ट २०२५

५० हजार ट्विटर फलोअर भएका ट्याक्सी चालक

News Image
दीपक नेपाल। तस्बिरः सेतोपाटी
• • •

'नियम छैन न्याय छैन देशमा असल सरकार छैन,
महलबाट राजनीति जनतासँग नेताको प्यार छैन,
नुनदेखि सुनसम्म सप्पै विदेशीकै भर पर्नुपर्छ,
निर्धक्क खुलेर स्वाभिमान हुँ भन्ने आधार छैन'

यो मुक्तक कुनै नाम चलेका साहित्यकारले लेखेका होइनन्। कुनै पत्रपत्रिकाबाट लिइएको पनि होइन। यो दीपक नेपालले गरेको ट्विट हो। र, उनी ट्याक्सी चालक हुन्।

यस्तै मुक्तक र गजलहरू लेखेर ट्विट गर्ने दीपक 'सेलेब्रेटी' जस्तै बनेका छन्।

मंगलबार मध्याह्नसम्म ट्विटरमा उनलाई ५० हजार ५ सयले फलो गरेका छन्। उनले २ सय ३१ जनालाई फलो गरेका छन्। उनको एउटा ट्विट एकदमै धेरै रिट्विट भएको छ, जुन ४ हजार ७ सयभन्दा बढी छ।

बुधबार, असार ०४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)