बिहिबार, १४ अगस्ट २०२५

सार्वजनिक हुँदा कस्ती देखिएलिन् गायिका विष्णु माझी?

News Image
• • •

काठमाडौं– अहिले सांगीतिक बजारमा लोकप्रिय लोकगायिका विष्णु माझी सार्वजनिक हुने ‘गसिप’ चलिरहेको छ। १० वर्षभन्दा बढी समयदेखि ‘मिडिया’सँग लुकेकी यी गायिका भौतिक रुपमा बाहिर आउँदा कसरी सार्वजनिक होलिन्? कस्ती भइसकेकी होलिन्?

उनले धेरै वर्षपहिले दोहोरी गाएको भिडियो क्लिप युट्युबमा देखिन्छ, जहाँ उनी अलि लजालु स्वभावकी प्रतित हुन्छिन्। हल्का श्याम वर्णकी यी गायिकाले अहिले लज्जाको घुम्टो उघारिन् कि उघारेकी छैनन् होला? 

सञ्चारमाध्यममा उनी सार्वजनिक हुने ‘गसिप’सँगै स्वभाविक रुपमा गायिका माझीबारे यस्ता प्रश्न र जिज्ञासाहरु सतहमा आउँछन् नै। तर, उनी र उनका श्रीमान् सुन्दरमणि अधिकारी जो लोकसंगीतमै क्रियाशील छन्, उनले साँच्चै गुमनाम जीवनबाट बाहिर ल्याउने सोच बनाएकै हुन् त?

बुधबार, असार ११, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)