बिहिबार, १४ अगस्ट २०२५

श्रीदेवीको मृत्यु हैन हत्या !

News Image
श्रीदेवी : मरिन् कि मारिइन् ?
• • •

गतवर्षको फेब्रुअरी २४ तारिखमा भारतीय चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको थियो।

 

हालै श्रीदेवीको मृत्युबारे केरलाका प्रहरी महानिर्देशक (डीजीपी) ऋषिराज सिंहले श्रीदेवीको निधन बाथ ट्युबमा डुबेर नभएको बताएपछि यतिबेला भारतमा हंगामा मच्चिएको छ।

सिंहले श्रीदेवीको हत्या भएको बताएका हुन्। सिंहले केरलाको एक पत्रिकामा लेखेका छन्,‘श्रीदेवीको मृत्यु बाथट्युबमा डुबेर भएको थिएन, उनको हत्या भएको थियो।’

सिंहले आफूले श्रीदेवीको निधनको अनुसन्धानमा खटेका व्यक्ति र मेडिकल टिमसँग गरेको कुराकानीको आधारमा यस्तो दाबी गरेको बताएका छन्।

सोमबार, असार ३०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)