बिहिबार, १४ अगस्ट २०२५

एउटा छापामारको निजामती यात्रा

News Image
• • •

खोटाङ सुन्तलेमा जन्मिएको मान्छेले धेरै ठूलो सोच के नै राख्थ्यो र! सरकारी कर्मचारी भनेका गाउँका शिक्षकमात्रै हुन्थे तर ती पनि अधिकांश गाउँबाहिरका।

वर्षमा एक-दुईपटक गाविस सचिव गाउँ पुग्थे। गाउँका कोही पनि सरकारी जागिरे थिएनन्। सदरमुकाम दिक्तेलबाट दुई दिन हिँडेपछि बल्ल पुगिन्छ, सुन्तले।

त्यही सुन्तलेका विनोद राई उनको गाउँपालिकाकै पहिलो सरकारी (निजामती) कर्मचारी हुन्। अनि, माओवादी लडाकु पहिल्यै थिए। तर, माओवादीमा लागिसकेपछि भने उनी विनोद रहेनन् ‘रूपान्तरण’ का नाममा रूपान्तरित भए।

विनोदबाट रूपान्तरण भएका उनी अहिले फेरि विनोदमै फर्किंदा धेरै ‘रूपान्तरण’ भएका छन्। सिङ्गो बराहपोखरी गाउँपालिकाकै पहिलो निजामती कर्मचारी हुन्। उनकै वडामा त अहिलेसम्म अरू थपिएका पनि छैनन्। गाउँपालिकामा अहिले दुई–चारजना निजामती भने थपिएका छन्।

अरू सरकारी कर्मचारी धेरैले देखेका थिएनन्। सात वर्षको हुँदै आमा गुमाएका विनोदको सपना पनि गाउँलेको भन्दा माथि थिएन।

शुक्रबार, श्रावण ३१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!