मङ्गलबार, ०५ अगस्ट २०२५

वार्षिक सवा ५ खर्ब बढी पूर्वाधार क्षेत्रमा लगानी आवश्यक

News Image
तस्बिरः नेपाल न्यूज
• • •

नेपालले सन् २०२२ र २०३० को लक्ष्यमा पुग्न आगामी दशक वार्षिक करिब सवा ५ खर्ब रूपैयाँ पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने एक अध्ययनले देखाएको छ। विश्व बैंकले बिहीबार सार्वजनिक गरेको ‘नेपाल इन्फ्रास्ट्रक्चर सेक्टर एसेसमेन्ट’ प्रतिवेदनमा आगामी दशक कूल गार्हस्थ उत्पादन (जिडिपी)को १०–१५ प्रतिशत पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने देखाएको हो। हाल मुलुकको जिडिपी ३४ खर्ब ६४ अर्ब रहेको छ। त्यसअनुसार साढे ३ देखि सवा ५ खर्ब रुपैयाँ वार्षिक रुपमा पूर्वाधारमा लगानी गर्नुपर्ने देखिएको हो।

नेपालको २०२२ मा अल्पविकसित मुलुकबाट विकासशील र २०३० मा मध्यमस्तरको आय हुने मुलुकमा स्तरोन्नती हुने लक्ष्य छ। उक्त लक्ष्यमा पुग्न पूर्वाधार क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको प्रतिवेदनमा औंल्याइएको छ। ‘पूर्वाधारमा रहेको ठूलो खाडल र त्यसलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकताबारे नेपाल सरकार पूर्णरूपमा जानकार छ, तर कूल गार्हस्थ उत्पादनमा बचतको दर न्यून हुँदा लगानीको आवश्यकता पूरा गर्न कठिन हुने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यद्यपि, पूर्वाधार वितरणमा सार्वजनिक लगानीको मुख्य भूमिकाले निरन्तरता पाउनेछ।’

शुक्रबार, भाद्र २७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)