बिहिबार, १४ अगस्ट २०२५

पूर्व कुमारी प्रीति, जसले 'नानिचा:या:' रथयात्रा पूरा नगरी हुनुपर्‍यो कुमारी घरबाट बिदा

News Image
• • •

येँया: (इन्द्रजात्रा) को अन्तिम दिन जीवित देवी कुमारी, जीवित देव गणेश र भैरवको रथलाई  'नानिचा: या:' (बीचको नगर परिक्रमा)  गराउने दिन थियो। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव पहिलोपटक कुमारीको हातबाट टीका लगाउन आउने कार्यक्रम थियो।

तर, त्यो दिन मल्लकालबाट निरन्तर रुपमा चलिआएको रथ यात्रामा पहिलोपटक 'ब्रेक' लाग्यो।

कारण थियो - माओवादी नेतृत्वको सरकारबाट आएको एउटा पत्र। जसमा 'आर्थिक मितव्ययिता' अपनाउने भन्दै डा. बाबुराम भट्टराईले नेतृत्व गरेको अर्थ मन्त्रालयले इन्द्रजात्रामा संचालन हुने तीनवटा गुठी नाच (लाखे आजु, पुलुकिसी र सव:भक्कु) लाई दिँदै आएको खर्च कटौती गर्ने निर्णय गरेको थियो। सो पत्रले जात्रामय वसन्तपुर क्षेत्रको माहौल एकाएक परिवर्तन भएको थियो।

बुधबार, आश्विन ०१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)