बुधबार, १३ अगस्ट २०२५

प्रदेश २ मा नेकपा विवाद : पार्टी भागमा परेको लेखा समिति सभापति अझै रिक्त

News Image
तस्बिरः नेपाल न्यूज
• • •

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश २ को आन्तरिक विवादका कारण पार्टीको भागमा परेको सार्वजनिक लेखा समितिका सभापति एक बर्ष पुग्न लाग्दा पनि चयन हुन सकेको छैन। प्रदेश संसदअन्तर्गतका नेकपाको भागमा परेका दुईवटा संसदीय समितिमध्ये प्राकृतिक स्रोतसाधन समितिको नेतृत्व चयन भए पनि सार्वजनिक लेखा समितिको सभापति भने अझै चयन हुन सकेको छैन।

‘प्राकृतिक स्रोत साधानमा सर्वसम्मत निर्णय गरी नेतृत्व चयन भइसकेको छ, तर सार्वजनिक लेखा समितिको सभापति अझै चयन गर्न सकिएको छैन,’ संसदीय दलका नेता सत्यनारायण मण्डलले नेपालन्युजसँग भने, ‘सार्वजनिक लेखा समितिमा आफ्नै पार्टीका सांसदले बागी उम्मेदवारी दिएपछि पार्टीको भागमा परेको उक्त समिति अझै नेतृत्वविहीन अवस्थामा छ ।’

शुक्रबार, आश्विन १०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)