शनिबार, १६ अगस्ट २०२५

नयाँ सभामुख को ?

News Image
तस्बिरः नेपाल समाचार पत्र
• • •

काठमाडौं, (नेस)। यौन दुव्र्यवहार लागेपछि सभामुख कृष्णबहादुर महराले दिनुभएको राजीनामा स्वीकृत भएको छ। उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसमक्ष सभामुखले दिनुभएको राजीनामा स्वीकृत भएसँगै नयाँ सभामुखको बहस पनि शुरू भएको छ।

संसद् सचिवालयले महराले दिनुभएको राजीनामा स्वीकृत भएको सूचना संसद् सचिवालय सिंहदरबारमा टाँस गरिएको छ। रिक्त भएको सभामुखका लागि सत्तारूढ दल नेकपाभित्र पनि नयाँ सभामुखको खोजी शुरू भएको छ। सत्तारूढ दलले सभामुख वा उपसभामुखमध्ये एक प्रतिपक्ष दललाई बनाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। रिक्त सभामुखमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई बनाउने वा नेकपाका अन्य सांसदलाई बनाउने भन्ने बहस शुरू भएको हो।

बिहिबार, आश्विन १६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)