बुधबार, १३ अगस्ट २०२५

चार वर्षपछि निलकण्ठको दर्शन

News Image
• • •

‘तपाईले दर्शन गर्नु भयो ?’ विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो ।

राजदेवी वा अन्य दूर्गाको दर्शन गर्नु भन्दा निलकण्ठ चराको दर्शन बारे एक अर्कालाई सोधीरहेका थिए ।

घटस्थापनाका दिनदेखि निरन्तर रुपमा देवी दुर्गा भवानीको पूजाआजा गरी दशौं दिन निलकण्ठ चराको दर्शन गर्ने मिथिलामा परम्परा छ । रोलर बर्डको नामले चिनिने यो चराको दर्शनले वर्षभरी शुभ हुने तथा हरेक कार्यमा सफलता मिल्ने जनविश्वास छ ।

गत चारवर्षदेखि दर्शन भइरहेको थिएन 'आज जानकी मन्दिरमा पूजा गइरहेको वेला एक्कासी निलकण्ठको दर्शन भयो' जनकपुरधामका समाजिक कार्यकर्ता सोहन ठाकुरले वताए । कति मान्छे चराकाे दर्शन नभेटाएपछि निकै चिन्तित देखिन्थे । जनकपुरका मुकेश पण्डितले आफू निलकण्ठको दर्शनका लागि चौर र खेतमा गएको तर चरा कतै  नभेटेकाे बताए ।

मंगलबार, आश्विन २१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)