शुक्रबार, १५ अगस्ट २०२५

समयमै निर्णय नहुँदा सरकारको अर्बौं व्ययभार थपिदै

News Image
तस्बिरः नेपाल न्यूज
• • •

गोरखकाली रबर उद्योग पूर्णरूपमा बन्द भएको ६ वर्षपछि मात्र सरकारले कर्मचारीको व्यवस्थापन निर्णय लिन सक्यो। त्यहाँ कार्यरत ३ सय २८ कर्मचारीको तलब र उपदान मात्रै झन्डै एक अर्ब रूपैयाँ खर्च हुने भएको छ।

यसअघि नै तलबको रूपमा ३० करोड रूपैयाँ निकासा गरेको अर्थमन्त्रालयले अब ति कर्मचारीको उपदानमा ५५ करोड दिनुपर्ने सूचना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकालेको छ। अझै पनि केही हरहिसाब आउन सक्ने भएकाले यस उद्योगको कर्मचारी विदाइको लागि मात्रै झन्डै एक अर्ब रूपैयाँ खर्च हुन सक्ने मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले बताए।

मंगलबार, मंसिर ०३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)