बुधबार, १३ अगस्ट २०२५

टुटल र पठाओ चालकमाथि प्रहरीले थाल्यो कारबाही

News Image
फाइल तस्बिर
• • •

ट्राफिक प्रहरीले प्रायोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा टुटल र पठाओका चालकलाई कारबाही थालेको छ ।

आइतबार बिहान पठाओका चालक विकास तामाङ कारबाहीमा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुका प्रहरी जवान विजय मण्डलले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा जरिवाना लिएको  छ । जरिवानाको चिटमा प्रयोजनविपरीत सवारी चलाएको उल्लेख गरिएको छ ।

यो कसूरमा २ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

तामाङकाअनुसार यात्रु लिन मोटरसाइकल रोक्नेवित्तिकै ट्याक्सी चालकहरुले उनलाई घेरेका थिए । ‘एकैछिनमा ट्राफिक पनि आइपुग्यो र चिट काट्यो’, उनले अनलाइनखबरसँग भने, ‘पठाओ हो भन्नेवित्तिकै मलाई ट्राफिकले मान्छे बोक्न मिल्दैन भन्यो ।’

आइतबार, मंसिर ०८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)