गैँडा गणनाका लागि हात्ती तयार गरिँदै

तस्बिरः गोरखापत्र

काठमाडौँ, मङ्सिर १२ गते । वन्यजन्तुका चिकित्सक डा. विजयकुमार श्रेष्ठ यतिबेला चितवन निकुञ्जको देवनगर पोस्टमा हात्तीको नङ कटाउँदै हुनुहुन्छ । हात्तीको स्वास्थ्य परीक्षण पनि हुँदैछ । उहाँलाई खोरसोरका कर्मचारी बुधन चौधरी लगायतले सघाइरहनुभएको छ ।
“हात्तीमा क्षयरोग लागे–नलागेको परीक्षण गर्दै जुकाको औषधि दिँदैछौँ,” श्रेष्ठले भन्नुभयो, “बलिया र कमजोर हात्ती छनोट पनि गर्दैैछौँ ।” यसैगरी निकुञ्जका विभिन्न पोस्टमा रहेका हात्तीको उहाँले स्वास्थ्य परीक्षण गरिरहनुभएको छ । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका हात्तीको दक्षता वृद्धिसँगै स्वास्थ्य र आहारामा विशेष ध्यान दिइँदैछ ।

प्रकाशित मिति: : 2019-11-28 07:50:26

प्रतिकृया दिनुहोस्