म्यान युनाईटेडसँग लिभरपुलको गोलरहित बराबरी, शीर्ष स्थानमा उक्लियो

ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेष्टर युनाईटेडसंग गोल रहित बराबरी खेलेको छ । आईतबार राति म्यान युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा गोल रहित बराबरी खेल्दै लिभरपुलले अंक बाँडेको हो ।

पछिल्लो नतिजाले लिभरपुल भने तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग एक अंकको स्पष्ट अग्रता लिन सफल भएको छ ।

प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटीसंग अंक दुरी बढाउने मौका भने गुमाएको छ । मुख्य तीन मिडफिल्डरले चोट बोकेपछि म्यान युनाईटेड पहिलो हाफमै तीन खेलाडीलाई स्थानान्तरण गरेको थियो ।

लिभरपुलले म्यान युनाईटेडको घरेलु मैदानमा खासै राम्रो भने आक्रमण बुन्न सकेन । फिर्मिन्होको स्थानमा मैदान छिरेका ड्यानियल स्टुरेजले छोटो दुरीबाट एक मात्र राम्रो प्रहार गर्न सफल भएका थिए ।

शीर्ष स्थानको लिभरपुलले २७ खेलबाट ६६ अंक जोडेको छ । दोस्रो स्थानको म्यान्चेष्टर सिटीको ६५ अंक छ । बराबरीले म्यान युनाईटेड तालिकाको पाँचौ स्थानमा धकेलिएको छ ।

प्रकाशित मिति: : 2019-02-24 23:16:07

प्रतिकृया दिनुहोस्