शनिबार, १६ अगस्ट २०२५

रोनाल्डोले दिए यस्तो भावूक मन्तव्य

News Image
Agency
• • •

एजेन्सी– पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टसलाई जसरी पनि च्याम्पियन्स लिगको उपाधि जिताउने बताएका छन्।

एक वर्षअघि रियल छाडेर युभेन्टस पुगेका उनले स्पेनमा ‘मार्सा लिजेन्ड अवार्ड’ ग्रहणपछि आफ्नो मन्तव्य राख्दै रियलमा छँदाका कुरा सम्झिए। उनले रियललाई आफूले सबैभन्दा बढी माया गर्ने पनि बताए । उनले यस्तो भावूक मन्तव्य राखेका थिए –

‘म म्यानचेस्टर युनाइटेड र रियल मड्रिड दुवैलाई माया गर्छु । तर, मेरो जीवनको उत्तारचढाव धेरै मड्रिडमा बिताएँ। मेरा छोराछोरी यही जन्मिए । यसकारण मड्रिड मेरो जीवनमा नजिकबाट जोडिएको छ ।

मैले पहिलेबाटै भन्दै आएको छु– रियल मड्रिड छाड्दा म निकै दुःखी थिएँ । म यहाँका कुरा र साथीभाइलाई ज्यादै धेरै याद गर्छु ।

यो अवार्डले मेरो संग्रहालमा निकै सम्मानजक ठाउँ पाउनेछ । किनभने, मड्रिड मेरा लागि विशेष छ । मैले धेरै सहर भ्रमण गरेको छु । तर, मड्रिड मन पर्ने सीमित सहरमा पर्छ ।

आज मैले पाएको अवार्डले मैले विगतमा यहाँ रहँदा के गरें भन्ने कुरा बोल्छ । यो स्पेनिस अवार्ड हो । र, मेरा लागि ज्यादै महत्त्वपूर्ण छ । सबैलाई धन्यवाद, जसले यो अवार्ड हाँसिल गर्न आ–अफ्नो ठाउँबाट सहयोग गर्नुभयो । मेरा लागि यो गर्वको कुरा हो । चाँडै मड्रिड फर्किनेमा म आशावादी छु ।

सन् २०१६ को युरो कप जित्नु मेरा लागि ज्यादै विशेष थियो । यो सामान्य प्रतियोगिता र उपाधि थिएन । यदि तपाईं आफ्नो देशका लागि केही जित्न चाहन्छौं भने त्यो सजिलो छैन । म गर्वसाथ भन्छु– यो मेरो करिअरकै सबैभन्दा शानदार सफलता हो ।

उनले अवार्ड ग्रहण गर्ने कार्यक्रममा रोनाल्डो, उनको परिवार, उनका एजेन्टका साथै पूर्वक्लब रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसमेत सहभागी थिए ।

 

बुधबार, श्रावण १५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!