बिहिबार, २१ अगस्ट २०२५

युभेन्टस फेरि पराजित, एट्लेटिको अपराजित रहन सफल

News Image
तस्बिरः एजेन्सी
• • •

प्रि सिजन टुर अन्तर्गत इन्टरनेशनल च्याम्पियन्स कपमा इटालीयन च्याम्पियन युभेन्टस एट्लेटिको मड्रिडसँग लगातार दोस्रो पटक पराजित भएको छ।

शनिबार राति स्वीडेनस्थित फ्रेन्डस् एरिना सोल्नामा भएको खेलमा एट्लेटिकोले युभेन्टसलाई २–१ ले हराएको हो।

गएराति भएको खेलमा युभेन्टस एट्लेटिकोसँग दुई एकले पराजित भयो ।

यसअघि दुई साता अगाडि भएको खेलमा लज्जास्पद हार ब्यहोरेको युभेन्टसले गए राति पनि खराब फुटबल खेल्यो।

एट्लेटिकाको जितमा जोओ फेलिक्सले दुई गोल गरे। युभेन्टसका लागि सामी खेडीराले एक गोल गरेका थिए।

खेलको २४ औं मिनेटमा फेलिक्सले गोल गर्दै खेलमा सुरूवाती अग्रता दिलाए। तर २९ औं मिनेटमा सामी खेडिराले बराबरी गोल फर्काए। त्यसको चार मिनेटमै फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई खेलमा २–१ ले अघि बढाए।

जसका कारण उसले पहिलो हाफमा एक गोलको अग्रता बनाउन सफल भयो।

तर दोस्रो हाफमा दुबै टिमले बारम्बार मौका पाए पनि गोल गर्न सकेनन्। जसका कारण क्रिस्टियानो रोनाल्डोको टिम पराजित भयो।

प्रि सिजनमा खेलेका ६ खेलमा नै एट्लेटिकोले अपराजित रहँदै प्रतियोगिता सकेका छ।

आइतबार, श्रावण २६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)