
श्रीलंकाका तीब्र बलर लसिथ मालिङ्गा टेस्ट, एकदिवसीय र टि–२० को तीनवटै फरम्याटमा सयभन्दा बढी विकेट लिने विश्वको पहिलो बलर बन्न पुगेका छन्। उनी टि–२० मा सय विकेट लिने पहिलो बलर पनि बन्न सफल भएका छन्।
न्युजिल्यान्डविरूद्ध ४ बलमा ४ विकेट लिएका मालिङ्गाले यो उपलब्धी दुई पल्ट दोहर्याईसकेका छन्।
उनले सन् २००७ को विश्व कपमा दक्षिण अफ्रिकाविरूद्ध ४ बलमा ४ विकेट लिएका थिए। टि–२० शृंखलाअन्तर्गत तेस्रो खेलमा श्रीलंकाले पहिलो ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय २५ रन बनायो। प्रत्युत्तरमा न्युजिल्यान्ड १६ ओभरमा ८८ रन बनाउँदै अल–आउट हुन पुग्यो।
श्रीलंकाले तेस्रो खेल ३७ रनले जित्यो। मालिङ्गाले ६ रन दिएर ५ विकेट लिए। यो उनको टि–२० को उत्कृष्ट प्रर्दशन हो। शृंखला भने न्युजिल्यान्डले २–१ ले जितेको छ।
मालिङ्गाले टि–२० मा दोस्रो पल्ट ह्याट्रिक गरेका हुन्। यो उपलब्धी अन्य कुनै बलरले गर्न सकेका छैनन्। मालिङ्गाको अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौं ह्याट्रिक थियो।
मालिङ्गाले १ सय १ टेस्टमा ३ सय ३८ विकेट लिएका छन्। यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी ह्याट्रिक गर्ने कीर्तिमान पाकिस्तानका वासिम अक्रमको नाममा थियो। उनले २ एकदिवसीय र २ टेस्टमा ह्याट्रिक गरेका थिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया