बिहिबार, १४ अगस्ट २०२५

नेपाल–चीन प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु

News Image
तस्बिरः बिएल
• • •

नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता सुरू भएको छ। चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श भइरहेको छ।

वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिसकेका छन्। यस्तै चिनीयाँ राष्ट्रपति सीले पनि सम्बोड्ढन गरिसकेका छन्।

प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी छन् भने राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ् यी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत छन्।

वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी शनिबारदेखि नेपालको दुई दिने राजकीय भ्रमणमा छन्।

आइतबार, आश्विन २६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)