शुक्रबार, १५ अगस्ट २०२५

पाकिस्तान क्रिकेट टिम क्याप्टेनबाट सर्फराज बर्खास्त

News Image
तस्बिरः एजेन्सी
• • •

पाकिस्तान क्रिकेट टिमका क्याप्टेन सर्फराज अहमद टेस्ट र टी–२० क्रिकेट टिमको क्याप्टेनबाट हटाइएका छन्।

शुक्रबार पाकिस्तान क्रिकेट बोर्डले विज्ञप्ति जारी गर्दै उनलाई टिम क्याप्टेनबाट हटाइएको जानकारी दिएको हो। हालै पाकिस्तानले खेलेको दुबै फम्र्याटमा कमजोर प्रदर्शन गरेपछि उनलाई कप्तानी छोड्न दबाब परेको थियो।

जारी विज्ञप्तिअनुसार अस्ट्रेलियासँग हुन लागेको टेस्ट क्रिकेटमा ब्याट्स्म्यान अजर अलीले कप्तानी सम्हाल्ने छन्। उनले वर्ल्ड टेस्ट च्याम्पियनसिप २०१९–२० को खेलहरूमा समेत टिमको नेतृत्व गर्नेछन्।

त्यस्तै अर्का ब्याट्स्म्यान बाबर अजामले टी–२० फम्र्याटमा कप्तानी गर्नेछन्।

शुक्रबार, कार्तिक ०१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)