बिहिबार, १४ अगस्ट २०२५

एमसीसीविरुद्धको पहिलो इनिङ्समा नेपाल अलआउट, सन्दीपले जोडे सर्वाधिक रन

News Image
फाइल तस्बिर
• • •

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको तीन दिवसीय क्रिकेटको पहिलो इनिङ्समा नेपाल अलआउट भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दोस्रो दिनको पहिलो इनिङ्समा बिहिबार एमसीसीलाई अलआउट गरेर ब्याटिङ थालेको नेपाल ४४ ओभर ४ बलमा १५३ रन जोड्दा अलआउट भएको हो ।

नेपालका सन्दीप लामिछाने ३८ रनमा अविजित रहे । सन्दीप नेपालका सर्वाधिक रन जोड्ने खेलाडी हुन् । उनले यसअघि १० रन बनाएका थिए ।

दोस्रो दिनको पहिलो  इनिङ्समा बिहिबार एमसीसी १०१ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ६४ रन बनाएको थियो ।

पहिलो दिन ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन जोडेको एमसीसीले दोस्रो दिन ५३ रन जोड्दा बाँकि ४ विकेट गुमायो ।

एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा विल भान्डेर्सपारले ५३ रनको र्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

यासिर अराफाट ६५ रनमा अविजित रहे । टम वेस्ट्लीले ३९ रन जोड्दा एलेक्स थोम्पसनले ३० रन बनाए ।

यस्तै सोमपाल कामी र शरद भेषवाकरले २/२ विकेट लिए ।

बिहिबार, कार्तिक २१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)