बिहिबार, १४ अगस्ट २०२५

कुवेतविरुद्ध खेल खेल्ने खेलाडी ठमेलका क्लबमा भेटिए

News Image
फाइल तस्बिर
• • •

अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त गरेको छ।

एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई बर्खास्त गरेको हो।  विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्न भुटान जानु अघि चारै जना शुक्रबार राति ठमेलको नाइट क्लबमा पुगेका थिए ।

उनीहरु गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ।

टीमका खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै उनिहरुलाई प्रशिक्षक योहान कालीनसँगको छलफलपछि बर्खास्त गरेको एन्फाका प्रवक्ता किरण राईले बताए।

थप कारबाहीबारे एन्फाको आगामी बैठकले निर्णय लिने उनले जानकारी दिए ।

नेपाली टिम शनिबार ३ बजे भुटान प्रस्थान गर्दैछ। कारबाहीमा परेपछि ती चार खेलाडीले भुटानको यात्रा गर्ने छैनन्। उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ।

नेपालले विश्वकप छनोटमा कुवेत विरुद्ध थिम्पुमा मंगलबार प्रतिस्पर्धा गर्दैछ। दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डको नभएको भन्दै एसियाली फुटबल महासंघले जनाएपछि नेपाली टिम घरेलु खेल भुटानमा खेल्न बाध्य भएको हो।

शनिबार, कार्तिक ३०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)