बिहिबार, १४ अगस्ट २०२५

म बालेन डी ओर जित्न लायक छैन : एम्बाप्पे

News Image
तस्बिरः एजेन्सी
• • •

पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार केलियन एम्बाप्पेले आफु यसबर्षको बालेन डी ओर जित्नका लागि लायक नभएको बताएका छन्। एम्बाप्पेले यस बर्षको अवार्ड जित्ने आफ्नो सम्भावना कम रहेको स्विकार गरेका छन्।

लिभरपुलका भर्जिल भान डिजिक, बार्सिलोनाका लियोनल मेसी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो अवार्डका मुख्य दाबेदार मानिएका छन्

एम्बाप्पेले भनेका छन्, ‘म यसको लायक छैन्। त्यहाँ तीन खेलाडी यसको मुख्य दाबेदार हुन्।’

‘यो जित्न मसँग अझै समय छ। व्यक्तिगत रुपमा मैले धेरै अवार्ड जितेको छु।’ उनले थपे ।

उनले सन् २०१९ मा पीएसजीबाट लिग वानको उपाधि जितेका थिए। तर पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा म्यान्चेष्टर युनाईटेडबाट निराश भएको थियो।

लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जित्दाका महत्वपूर्ण सदस्य समेत रहेका भर्जिल भान डिजिक अवार्डका मुख्य दोबदार हुन्। उनको क्लब लिभरपुल प्रिमियर लिगमा दोस्रो बनेको थियो ।

यस्तै व्यक्तिगत रुपमा सबै प्रतियोगितामा क्लबबाट ५० गोल पुरा गरेका बार्सिलोनाका मेसीलाई समेत छैटौ पटकका लागि अवार्डको मुख्य दाबेदार मानिएका छन्।

मेसीले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा सो अवार्ड जितेका थिए।

युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोले मेसीलाई अवार्डमा चुनौती दिदै आएका थिए।

तर वालेन डी ओरमा दुवैको अधिपत्यलाई तोड्दै लुका मोड्रिचले गत बर्ष अवार्ड हात पारेका थिए।

 

मंगलबार, मंसिर १०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!