आइतबार, १० अगस्ट २०२५

प्रियंका-आयुषमानलाई 'एचबी'ले डुबायो !

News Image
• • •

नेपालको स्टार जोडी प्रियंका कार्की र आयुष्मानलाई पेन्सिलको एचबीले हिस्स पारेको छ। 

उनीहरू चलचित्रको रिलमा हैन, को बन्छ करोडपतिको रियल सेटमा हिस्स परेका हुन्। १० हजारको पहिलो खुड्किलो पार गरेर २० हजारका लागि खेलिरहेका उनीहरूका सामु प्रश्न थियो- सिसाकलममा लेखिएक एचबीले के  जनाउँछ? जवाफमा उनीहरूले लामो माथापिच्चीपछि हार्ड बाउण्ड भने तर त्यसको सही उत्तर हार्ड ब्ल्याक थियो। 

प्रस्तोता राजेश हमालले अनेकौपटक लाइफलाइन लिनका प्रेरित गर्दा पनि उनीहरूले त्यतातिर लागेनन्। उनीहरूको रोजाई गलत भएको संकेत जो कोहीले पनि सजिलै बुझ्न सक्थ्यो। तैपनि उनीहरूल बुझेनन् । जसले गर्दा को बन्छ करोडपतिको उनीहरूको यात्रा १० हजारमै सिमित भयो।

चलचित्रमा भए त रिटेक लिन मिल्थ्यो र उनीहरू रिटेक गरिएको टेक राखेर हिरो नै हुन्थे तर यसमा रिटेकको मौका नभएकाले उनीहरू ओरिजिनल टेकमै हिरोबाट जिरो भए। 

योसँगै उनीहरू १० हजारको चेक लिएर फर्कने अभागी सेलिब्रेटी बने। उनीहरू वाइल्ड कार्ड पाएर आफ्नै नामको आयंका फाउण्डेसनको च्यारिटिका लागि को बन्छ करोडपतिमा सहभागी भएका थिए।

शनिबार, बैशाख १४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)