आइतबार, १० अगस्ट २०२५

आमाको आग्रहका कारण २ वर्षपछि माधवनले काटे दाह्री

News Image
तस्वीरः एजेन्सी
• • •

बलिउड कलाकार आर माधवनले इन्स्टाग्राममा भर्खरै एउटा फोटो पोस्ट गरेका छन्, जसमा उनी ‘क्लिन सेभ’ मा देखा परेका छन्। माधवनले दुई वर्षदेखि दाह्री काटेका थिएनन्।

उनी भारतका एक बैज्ञानिक ‘नम्बी नारायण’ को जीवनीमा आधारित फिल्म ‘रकेट्री’ मा अभिनय गरिरहेका थिए। यसैले उनले दाह्री काटेका थिएनन्।

तर, उनले आमाको आग्रहका कारण दुई वर्षपछि दाह्री काटेको खुलासा गरेका छन्। उनले इन्स्टाग्राममा पनि आफूले आमाको आग्रह मानेको बताएका छन्।

भारतीय फिल्मी उद्योगमा माधवन चकलेटी अनुहारका कारण चर्चित छन्। तर, विगत २ वर्षदेखि उनी हरेक कार्यक्रममा लामो दाह्रीमा देखा पर्दै आएका थिए।

माधवनले अभिनय गरेको फिल्ममा नम्बी नारायणको दाह्री भएको पार्टको सुटिङ समाप्त भइसकेको छ। यसैले पनि माधवनले आमाको आग्रह टार्न नसकेको बताइएको छ।

नम्बी नारायणको अभिनय गर्न माधवनले आफ्नो तौल पनि बढाएका थिए। सुटिङको बेला उनी ९६ केजी थिए। तर, १२ दिनमा आफ्नो तौल घटाएर पुरानै अवस्थामा फर्किएको भारतीय मिडियाले बताएको छ। उनी नम्बी नारायणको युवा अवस्थाको सुटिङ गर्न फ्रान्स जाँदैछन्। रकेट्री तीनवटा भाषा हिन्दी, तमिल र तेलुगुमा बन्दैछ।

नम्बी नारायण भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का एक वरिष्ठ अधिकारी थिए। जो क्रायोजेनिक्स विभागको इन्चार्ज थिए। सन् १९९४ मा उनलाई जासुसीको झुटो आरोपमा गिरफ्तार गरिएको थियो।

तर, १९९६ मा सीबीआईले उनी माथि लागेको सबै आरोप खारेज गरेको थियो। भारतको सर्वोच्च अदालतले १९९८ मा आरोपबाट मुक्त गरेको थियो।

आइतबार, बैशाख २९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!