बिहिबार, १४ अगस्ट २०२५

‘वार’ यस वर्षकै सर्वाधिक सफल फिल्म

News Image
Agency
• • •

ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म ‘वार’ यस वर्ष बलिउडमा सर्वाधिक आम्दानी गर्ने फिल्म बनेको छ। सिद्धार्थ आनन्द निर्देशित फिल्मले ४ सय करोड बढी आम्दानी गरेपछि यसले शाहिद कपुर अभिनित फिल्म ‘कबिर सिंह’ लाई उछिनेको छ।

कबिर सिंहले ३ सय ७० करोड आम्दानी गरेको थियो र यस वर्ष सर्वाधिक कमाई गर्ने फिल्म बनेको थियो।

गान्धी जयन्तीमा रिलिज भएको ‘वार’ ले २२ दिनमा ४ सय करोड आम्दानी गरेको हो। फिल्मले विदेशमा पनि सबैभन्दा बढी आम्दानी गर्न सफल भएको छ। भारतबाट प्रकाशित हुने टाइम्स पत्रिकाका अनुसार ‘वार’ फिल्म यस वर्षकै सर्वाधिक कमाईं गर्ने फिल्म बनेको हो।

सर्वाधिक आम्दानी गर्ने बलिउड फिल्मः
वार– ४३३ करोड (२२ दिन)
कबिर सिंह– ३७० करोड
उरी द सर्जिकल स्ट्राइक– ३३८ करोड
भारत– ३०४ करोड
मिशन मंगल– २७७ करोड
गली ब्वाई– २३० करोड
टोटल धवाल– २२६ करोड
सुपर ३०– २०५ करोड
केसरी–२०३ करोड
छिछोरे– २०० करोड

 

बिहिबार, कार्तिक ०७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)