बिहिबार, १४ अगस्ट २०२५

जेनिफरको पोस्ट गिनिज बुक अफ वर्ल्ड रेकर्डमा

News Image
तस्बिरः एजेन्सी
• • •

हलिउड अभिनेत्री जेनिफर एनिस्टनले सामाजिक सञ्जाल इन्स्टाग्राममा गरेको डेब्युले नयाँ रेकर्ड कायम गरेको छ।

लामो समयदेखि सामाजिक सञ्जालदेखि टाढिएकी जेनिफरले गरेको पहिलो पोस्ट पाँच घण्टा १६ मिनेटमा १० लाख फलोअर्सले पछ्याएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गर्न सफल भएको हो।

जेनिफरको पहिलो पोस्टमा उनका अरू साथीहरूलाई पनि देख्न सकिन्छ। यसमा लिजा कुद्रो, कार्टनी कान्क्स, मैट लेब्लान्के, मैथ्यु पेरी र डेबिट स्किब्मर छन्। 

उनको पेजमा अत्यधिक फलोअर्स भएपछि केही समय एकाउन्ट नचल्ने भएको थियो। अहिले उनका फलोअर्स एक करोड १८ लाखभन्दा बढी पुगिसकेका छन्।

जेनिफरले अर्को पोस्ट गरेकी छन्, जसमा उनको सिरिज ‘दी मर्निङ सो’को एक दृश्य रहेको छ।

यसमा उनी फ्रस्टेसनमा आएर आफ्नो फोन फ्याँक्दै गरेको देखिएकी छन्।

शनिबार, कार्तिक ०९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!