इन्स्टाग्रामले लाइकको संख्या नदेखाउने फिचर सुरुवात गर्दै

तस्बिरः एजेन्सी

लोकप्रिय फोटो शेयर एप इन्स्टाग्रामले लाइकको संख्या नदेखाउने फिचर यही हप्ताबाट सुरुवात गर्दैछ । सुरुमा अमेरिकी प्रयोगकर्ताहरुमाझ इन्स्टाग्रामले ‘हाइड लाइक काउन्ट्स’ फिचर परीक्षण गर्न लागेको हो ।

फेसबुक स्वामित्वको सोसल प्लाटफर्म इन्स्टाग्रामका सीईओ एडम् मोसरीले शुक्रबार अमेरिकाको सनफ्रान्सिस्कोमा आयोजित एक समारोहमा यसको जानकारी दिएको हो ।

इन्स्टाग्रामका प्रवक्ताका अनुसार, मानिसहरूले इन्स्टाग्राममा कुनै पोष्ट गर्दाको समयमा दबाव महसुस गर्दछन् । आफ्नो पोष्टमा प्राप्त हुने लाइक्सको संख्यालाई आफ्ना साथीभाइ, परिवारका अन्य सदस्य तथा विभिन्न सेलिब्रेटीहरूसँग तुलना गर्दछन् । यस्तो तुलनामा व्यक्तिलाई नमीठो अनुभूति दिलाउँदछ ।

इन्स्टाग्रामले यसअघि क्यानडा, आयरल्याण्ड, इटाली, जापान, ब्राजिल, अस्ट्रेलिया तथा न्युजिल्याण्डमा पनि लाइकको संख्या लुकाउने फिचरको परीक्षण गरिसकेको छ । फेसबुक स्वयंले पनि अस्ट्रेलियामा यस्तो परीक्षण गरिरहेको छ ।

प्रकाशित मिति: : 2019-11-12 12:20:00

प्रतिकृया दिनुहोस्