सामाजिक सञ्जालमा फेस एपको 'ओल्ड फिल्टर’ भाइरल : विशेषज्ञ भन्छन् - होसियार !

फेसएपको ओल्ड फिल्टरले यस्ती हुन्छिन् भन्छ- बूढी हुँदा कट्रिना कैफ ! तस्बिर : सामाजिक सञ्जाल ।

सामाजिक सञ्जालमा अहिले एउटा फोटो-मर्फिङ एप भाइरल भएको छ- फेसएप । खासगरी बुढ्यौलीमा दाह्री पाल्दा कस्तो देखिने र नपाल्दा कस्तो देखिने ? भन्ने कौतुहलता मेट्न नै यसको ‘फेस एप ओल्ड फिल्टर’ बढी प्रयोगमा आउँदा यो भाइरल भएको हो । 

सन् २०१७ मा पहिलोपटक रुसीहरुले सार्वजनिक गरेको  ‘फेस एप’ ‘आर्टिफिसिएल इन्टेलिजेन्स(एआई)’ का साथ अहिले फेरि भाइरल भएको हो। 

तर, विशेषज्ञहरुले यो एप प्रयोग गर्दा डेटा असुरक्षित हुने बताउँदै प्रयोग नै नगर्न चेतावनी दिएका छन् । उनीहरुका अनुसार यो एपमा क्लिक गरिसकेपछि ‘नो’ गरेपछि पनि डेटासम्म पहुँच कायम राख्ने क्षमता छ। एपलाई प्रयोग गर्ने स्वीकृतिपछि ‘स्मार्ट’ बुढेसकालको तस्बिर देखाउन फिल्टर गर्छ। यसका लागि एपले फोटो ग्यालरीमा भएको एउटा तस्बिर सम्पादन गर्छ। यो गर्न आर्टिफिसिएल इन्टेलिजेन्स(एआई)’को उपयोग हुन्छ। यसले क्यामेरा रोलका सबै तस्बिरमा एक्सेस प्राप्त गर्नुका साथै स्टोर गर्न सक्छ। त्यसपछि कुनैपनि तस्बिर आफ्नो अनुकुल बनाएर वा संशोसित गरेर गलत प्रयोग गर्न सक्ने सम्भावना रहन्छ । 

ट्वीटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा यो एपको एउटा क्रेज नै चलेको छ। यसको उपयोग गरी आफ्ना तस्बिर पोस्ट गर्नेहरूको संख्या ह्वात्तै बढेको छ । 

प्रकाशित मिति: : 2019-07-18 07:26:15

प्रतिकृया दिनुहोस्