बुधबार, २० अगस्ट २०२५

मंगलबार पनि सुनको मूल्य घट्यो

News Image
फाइल तस्बिर
• • •

मंगलबार पनि सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मुल्य तोलामा ८ सय रुपैयाँले घटेको हो । आज प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

हिजो छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार, आश्विन १४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)