बिहिबार, १४ अगस्ट २०२५

आत्मरक्षाका लागि कुङ्फु खेल्छन् आनीहरू

News Image
• • •

यसो हेर्दा लाग्छ–कुनै प्रतियोगिताको शिल्ड जित्न खेल अभ्यास भइरहेछ, तर त्यसो होइन। स्वयम्भूस्थित ड्रुक अमिताभ माउन्टेन (सेतो गुम्बा) प्राङ्गणमा हरेक साँझ आनी (नन्स) हरूले कुङ्फु अभ्यास गर्छन्। शारीरिक, मानसिक तन्दुरुस्ती र आत्मरक्षाका लागि यो खेल अभ्यास गरिएको हो।

गुम्बाका ३ सय ५० आनीमध्ये ४०–५० ले हरेक साँझ कुङ्फु अभ्यास गर्छन्। कुङ्फु अभ्यास गरिने यो एकमात्र गुम्बा हो।

शारीरिक तथा मानसिक विकास र आत्मरक्षाका लागि खेल खेलेको कुङ्फु संयोजक आनी जिग्मे कोन्छ्योक लमुले बताइन्। ‘आफ्नो आत्मविश्वास बढाउन र सुरक्षित महसुस गर्न यो खेल खेलाइएको हो, यसले आत्मबल बढाउने गर्छ,’ उनले भनिन्। धर्मप्रति निष्ठावान भएर ध्यान गरिने भए पनि त्यसले मात्र नपुग्ने भएकाले शरीर स्वस्थ राख्न कुङ्फुले सहयोग गरेको उनको दाबी छ।

बुधबार, असार ०४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)