शुक्रबार, १५ अगस्ट २०२५

कक्षा १२ को सबै नतिजा आज सार्वजनिक हुने

News Image
तस्बिरः बिएल
• • •

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ। बोर्ड स्रोतका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रूजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएकाले सोमबार नतिजा सार्वजनिक गरिने भएको हो।

आइतबार रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले सोमबार नतिजा प्रकाशन गर्न लागिएको हो। नतिजा प्रकाशनका लागि सोमबार साँझ बोर्ड बैठक बोलाइएको छ।

गत वैशाखमा सम्पन्न परीक्षामा मुलुकभरबाट ४ लाख परीक्षार्थी सहभागी थिए।

बोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो।

 यस पटक भने एकै पटक नतिजा प्रकाशन गर्न लागेको हो।

सोमबार, श्रावण १३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)