बिहिबार, १४ अगस्ट २०२५

पाकिस्तानमा सेनाको विमान बस्तीमा खस्यो, कम्तिमा १७ को मृत्यु

News Image
तस्बिरः एजेन्सी
• • •

पाकिस्तानी सेनाको विमान रावलपिन्डीनजिकै एउटा आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुनेमा चालकदलका पाँच सदस्य र १२ सर्वसाधारण रहेको उद्धारमा सहभागी पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। दुर्घटनामा परि थप १२ जना घाइते भएका छन्।

तालिमका लागि उडाइएको उक्त विमानदुर्घटनामा परेपछि त्यसमा आगो लागेको थियो। बिमानको आगो केही घरहरूमा पनि फैलिएको थियो।

राजधानी इस्लामाबादनजिकै रहेको रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय छ।

दुर्घटनाको कारण स्पष्ट भइसकेको समाचारमा जनाइएको छ।

घटनास्थल धुँवाले कालो भएका भवनहरूको भग्नावशेष देखिन्छ।

घटनास्थलमा पछिसम्म धुँवा उडिरहेको थियो र नजिकै रहेको घरको छतमा विमानको अवशेष देखिएको एएफपीका एक संवाददाताले जानकारी दिएको बिबिसीले जनाएको छ।

सन् २०१० मा एउटा निजी विमान कम्पनीले सञ्चालन गरेको विमान इस्लामाबादनजिकै दुर्घटनाग्रस्त हुँदा १५२ जनाको मृत्यु भएको थियो।

मंगलबार, श्रावण १४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!