बिहिबार, १४ अगस्ट २०२५

भिओआईपीमा एक वर्ष जेल सजाए भुक्तान गरेका तामाङ फेरी उही काण्डमा पक्राउ

News Image
बिएल
• • •


प्रहरीले अवैध भिओआईपी संचालन गरी दुरसंचारलाई नोक्सानी पुर्याउने एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)ले लामो समयदेखि काठमाडौंको बालुवाटारमा कोठा भाडामा लिएर भिओआईपी संचालन गर्दै आएका भरतपुरका ३६ वर्षिय सविन तामाङलाई साउन २३ मा पक्राउ गरेको हो।

ब्यूरोको टोलीले तामाङको साथबाट ठूलो परिमाणमा कलबाईपासमा प्रयोग हुने उपकरण बरामद गरेको छ। ७२ सालमा पक्राउ परी एक वर्ष जेल सजाय भोगेर निस्केका तामाङले फेरी पुरानै पेसा संचालन गरेको ब्यूरोको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका तामाङलाई प्रहरी हिरासतमा राखी आवश्यक अनुन्धान थालेको ब्यूरोले जनाएको छ।

आइतबार, श्रावण २६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)