शुक्रबार, १५ अगस्ट २०२५

राष्ट्रपति विद्यादेवी भण्डारी श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिरमा (भिडियोसहित)

News Image
तस्बिरः बिएल
• • •

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छन्।

प्रत्येक वर्ष भाद्र कृष्णाष्टमीका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ। सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पूजारीबाट फूल एवं प्रसाद ग्रहण गरिन्।

सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको उक्त मन्दिर गोरखा भूकम्पबाट आंशिक क्षतिपुगेपछि मर्मतसम्भार गरिएको थियो।

किंवदन्ती अनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमीनमुनि कृष्णको मन्दिर फेला परेको थियो। त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको छ।

शुक्रबार, भाद्र ०६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!