शनिबार, १६ अगस्ट २०२५

विमान भित्रै चोरी गर्ने २ चिनियाँ नागरिक पक्राउ

News Image
बीएल
• • •

चोरीको आरोपमा २ जना चिनियाँ नागरिक विमान भित्रैबाट पक्राउ परेका छन्।

बिमान भित्रै चोरी गरेको अभियोगमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज चढिसकेका २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा राहदानी नम्बर इजी ६८४२७२२ बाहक क्यूआई म र राहदानी नम्बर इजी ५७४२५२३ बाहक सिन्जोङ हु रहेका छन्।

टर्किस एयरलाइन्समार्फत गत बुधबार काठमाडौं आएका उनीहरुमाथि डेनमार्कका नागरिकको सुन र नगद चोरी गरेको आरोप लागेको थियो।

टर्किस एयरलाइन्सको विमानमार्फत इस्तानबुल जान लागेका उनीहरूलाई चोरी भएको दुई वटा सुनको बाला र विभिन्न देशका मुद्रासहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

आइतबार, भाद्र ०८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!