बिहिबार, १४ अगस्ट २०२५

मलेसियामा रोजगारी आइतबारदेखि खुल्ने

News Image
तस्बिरः बिएल
• • •

नेपालीहरूका लागि वैदेशिक रोजगारीको राम्रो गन्तव्य मुलुक मलेसियामा आइतबारबाट खुल्ने भएको छ। विगत एक वर्षदेखि बन्द रहेको मलेसिया आइतबारबाट खुल्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी गराएका छन्।

नेपाल र मलेसियाका अधिकारीहरुबीच बिहिबार भएको सहमतिअनुसार आइतबारदेखि मलेसियामा नेपालीका लागि रोजगारी खुल्न लागेको हो।

कामदारको बीमा, फ्रि भिसा-फ्रि टिकटको व्यवस्था कार्यान्वयनको अडान राख्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ जेठ ३ देखि मलेसियामा नेपाली युवा पठाउन रोक लगाएको थियो।

त्यसपछि नेपाल र मलेसियाबीच पटक पटक भएको वार्तापछि मलेसिया रोजगारी खोल्ने नेपाल र मलेसियाबीच सहमति भएको हो।

नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको क्वालालमपुरमा बसेको संयुक्त बैठकले तत्काल रोजगार खोल्नेगरी बिहीबार १० बुँदे सहमति गरेकाे छ।

नेपाली पक्षको नेतृत्व गरेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले मलेसिया रोजगारी पुनः पूर्ववत अवस्थामा सूचारु भएको बताए। 

मलेसिया रोजगारमा मुख्य समस्याका रुपमा देखिएको स्वास्थ्य परीक्षणको विषयलाई सम्बोधन गर्न मलेसिया तयार भएको सहसचिव घिमिरेले बताए। 

बिहिबार, भाद्र २६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!