बिहिबार, १४ अगस्ट २०२५

चितवनमा दुईवटा रात्री बस जुधे,बाह्र घाइते

News Image
तस्बिरः बिएल
• • •

चितवनमा सवारी दुर्घटना हुँदा १२ जना  घाइते भएका छन् । जिल्ला  प्रहरी कार्यालयका अनुसार धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ५ ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना ५ ख ६६४७ नंको बसले आज बिहान ५:४० बजे  भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक पछाडिबाट ठक्कर दिँदा सोही बसमा सवार १२ यात्रु घाइते भएका हुन् ।

उक्त बसमा २९ यात्रु सवार रहेका थिए । नेपालगञ्जको बसमा सवार यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेको  पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

बुधबार, आश्विन ०१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)