बिहिबार, १४ अगस्ट २०२५

काभ्रेको भुम्लुमा बस दुर्घटना, ११ जना घाइते

News Image
सांकेतिक तस्बिर
• • •

काभ्रेको भुम्लु गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार मादन कुडारीबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ६३८६ नम्बरको बस भुम्लु गाउँपालिका वडा नं ७ फलाटेको क्यामुनेचौर भन्ने स्थानमा दुर्घटना भएको हो ।

एसपी सापकोटाका अनुसार ६ जना गम्भीर घाइते भएका छन् । चौरीदेउराली गाउँपालिका वडा नं ५ निवासी जगतनाथ चौलागाई खुुट्टा भाँचिएको छ ।

सामान्य घाइतेहरुको दोलालघाटमा रहेको स्वास्थ केन्द्र र गम्भीर घाइतेलाई उपचारका लागि धुलिखेल अस्पतालमा ल्याएको सापकोटाले जानकारी दिएका छन् ।

बिहिबार, आश्विन ०९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!