बिहिबार, १४ अगस्ट २०२५

भरुवा बन्दुकसहित कालिज मार्न गएका दुई जना पक्राउ

News Image
सांकेतिक तस्बिर
• • •

प्रहरीले कालिज मार्न भरुवा बन्दुकसहित गएका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शंखरापुर नगरपालिका–१ नाङ्लेभारे बस्ने ३३ वर्षीय जीवन बहादुर तामाङ र २४ वर्षीय कृष्ण बहादुर रहेका छन् ।

उनिहरुलाई शंखरापुर नगरपालिका–१ नाङ्लेभारे बजिनी जंगलबाट भरुवा बन्दुक १ थान सहित शनिबार राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट भरुवा बन्दुक, मरेको कालिज ३ वटा, खुकुरी १ थान, टर्चलाईट ५ थान र बारुद तथा कच्चापदार्थ समेत बरामद गरिएको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ ।

आइतबार, कार्तिक १०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!